काठमाण्डौं – नोबल कोरोना भाइरसका नयाँ भेरियन्टलाई देश अनुसारको नामाकरण गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्टलाई ‘डेल्टा’ नाम दिएको हो ।
साथै भारतमै फेला परेको अर्को भेरियन्टलाई ‘कप्पा’ नाम दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
भारतमा भेटिएका ‘डेल्टा’ र ‘कप्पा’ भेरियन्ट नेपालमा पनि भेटिसकिएको छ । पछिल्लो समय भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट संसारका धेरै देशमा फैलि सकेको छ। अहिलेसम्म नेपालसहित ५० देशमा ‘डेल्टा’ फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरसको भेरियन्टको नाम राख्न ग्रिक शब्दहरूको प्रयोग गरिएको छ । यसले नाममा सहजीकरण र भ्रम अन्त्य हुने विश्वास संगठनले दिएको छ।




















