काठमाण्डौं – सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ ।
मन्त्रित्रपरिषद्को सोमबारको बैठकले शिक्षा मन्त्रालयको प्रस्तावलाई पारित गर्दै एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।




















