काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट सोमबार नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५५ पीसीआर र २ हजार ४२५ एन्टिजेन परीक्षणमा थप ४ हजार ७६२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण ११४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




















