गोरखा – गोरखाको २ स्थानिय तहमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको शहिद लखन र भिमसेन थापा गाउँपालिकामा गरी ५३ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये शहिल लखन गाउँपालिका ४९ जना र भिमसेन थापा गाउँपालिमा ४ जनामा संक्रमण देखिएको छ ।
प्राप्त विवरण अनुसार शहिद लखन गाउँपालिकाको वडा नम्बर ६ मा १२ जना र ७ मा ३७ जनामा संक्रमण देखिएको छ ।
यता भिमसेन थापा गाउँपालिकामा भने वडा नम्बर १ र ८ मा २/२ जनामा कोरोना संक्रमण देखिएको छ ।




















