गोरखा – गोरखाको बारपाकमा थप १३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका १ र २ मा पर्ने बारपाकको विभिन्न स्थानमा रहेका १३० जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
२ साता अगाडी देखी उत्त क्षेत्रमा कोरोना जस्तो लक्षण सहितका गाउँका अधिकांश मानिस बिरामी परे पछि प्रदेश स्वास्थ्य निर्देशनालय र गोरखा जिल्लाका स्वास्थ्यकर्मीहरुको टोलीले उत्त क्षेत्रमा ३ दिन सम्म एन्टिजेन र स्वाब लिने काम भएको थियो ।
९६४ जनामा एन्टिजेन गर्दा ८१ जनामा कोरोना देखिएको थियो भने ३९२ जनाको स्वाब प्रदेश जन स्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा थप १३० जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका जन स्वास्थ्य निरिक्षक नानीबावु दानीले जानकारी दिए ।
यता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृण्ण भट्टका अनुसार प्रदेशबाट प्राप्त जानकारी अनुसार स्वाब परिक्षणमा थप १३० जनामा संक्रमण देखिएको जानकारी दिए । भट्टका अनुसार संक्रमित मध्ये ७१ जना महिला र ५९ जना पुरुष रहेका छन् ।




















