काठमाण्डौं – नेकपा एमालेले स्थायी कमिटीको बैठक सोमबार पनि स्थगित भएको छ ।
आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजेलाई सारिएको भएत पनि पुनः मंगलबार बिहान ११ः०० बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
आज लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उप निर्वाचनका कारण पनि बैठक स्थगित गरिएको हुन सक्ने अनुमान गरिएको छ । आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।


