एजेन्सी – भारतमा कोरोनाको नक्कली औषधी बेच्ने ३५० जनालाई प्रहरीले पक्राउ गरी मुद्वा दर्ता गरेको छ ।
संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३५० जनालाई प्रहरीले पक्राउ गरी मुद्वा दर्ता गराएका हो ।
राजधानी नयाँदिल्लीबाट यती ठुलो संख्याका मानिहरुलाई प्रहरीले पक्रा गरेको जनाएको छ । प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथनका अनुसार ती व्यक्तिहरुले सामाजिक सञ्जाल प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको हो ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण १ लाख ६५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको मृत्युृ भएको तथ्यांक सरकराले सार्वजानिक गरेको छ ।




















