गोरखा – गोरखा नगरपालिका आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका ६ र ८ तथा शहिद लखन गाउँपालिका घर भई गोरखा नगरपालिका बस्दै आएका १ जनामा गरी थप ५ जनामा संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
शाखाका जन स्वास्थ्य अधिकृत निश्चल अर्यालका अनुसार आज संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिका ६ मा ३० बर्षिया महिला, ८ मा २४ र ४० बर्षका पुरुष र २९ बर्षिया महिला रहेकी छिन भने शहिद लखन गाउँपालिका ७ घर भई गोरखा बजार बस्दै आएका ४१ बर्षका पुरुषमा पनि संक्रमण पुष्टी भएको छ ।
पालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार आज सम्म नगर क्षेत्र भित्र यो सहित ९६ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।




















