काठमाण्डौं – आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो।
बैठक भोलि बिहान १० बजे बस्ने भएको छ ।




















