गोरखा – गोरखाको सौरपानीमा आज एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परिक्षणमा २० जनामा संक्रमण देखिएको छ ।
बारपाक सुलिकोट गाउँपालिका ४ को सौरपानीमा माओवादी प्रबत्ता नारायणकाजी श्रेष्ठ सहितको स्वास्थ्यकर्मीहरुको टोलीले ६५ जनाको एन्टिजेन गर्दा २० जनामा संक्रमण देखिएको हो ।
श्रेष्ठ स्वकिय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार प्रवक्ता श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सौरपानी स्थित सौरपानी स्वास्थ्य चौकीमा ६५ जनाको एन्टिजेन परीक्षण गरेकोमा २० जनामा संक्रमण देखिएको हो ।
श्रेष्ठ संग डा.नविन सापकोटा र डा.राकेश परियारले केही साता देखी जिल्लाको विभिन्न पालिकाहरुमा गएर एन्टिजेन गराउदै आएका छन् । टोलीले आवश्यक औषधी समेत निशुल्क रुपमा प्रदान गर्दै आएको स्वकिय सचिव श्रेष्ठले जानकारी दिए ।




















