गोरखा – गोरखाको बारपाक गएको ठुलो संख्याको स्वास्थ्यकर्मीहरुको टोली आज फर्किएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय गोरखा र गोरखा अस्पतालबाट गएको स्वास्थ्यकर्मीहरुको टोली फर्किएको हो ।
बारपाकमा केही साता देखी कोरोना रोग संग मिल्दो जुल्दो लक्षण सहित गाउँ भरीका मानिस बिरामी भए पछि उत्त क्षेत्रमा दर्जन भन्दा बढी स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको थियो ।
टोलीले जेष्ठ १४ गते शुक्रबार देखी आज सम्म ९६४ जनामा एन्टिजेनको परिक्षण गरेको थियो भने ३९२ जनाको स्वाब लिएर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका जन स्वास्थ्य निरिक्षक नानीबावु दानीले जानकारी दिए ।
निरिक्षक दानीका अनुसार शुक्रबार ७२२ जनाको एन्टिजेन परिक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण देखिएको थियो भने सनिबार २३१ जनाको एन्टिजेन परिक्षण गर्दा २५ जनामा संक्रमण देखिएको थियो । तर आज आइतबार गरिएको ११ जनाको एन्टिजेनमा भने सबै नेटेटिभ आएको छ ।
यता स्वास्थ्य कार्यालय गोरखाबाट खटिएको टोलीका ल्याब टेक्निसियन निरिक्षक तथा माहामारी फोकल सर्पन नारायणबावु अर्यालका अनुसार उत्त क्षेत्रमा संकलित सबै स्वाब प्रदेश स्वास्थ्य निर्देशनायमा आइतबार नै पठाइएको छ ।
अर्यालका अनुसार जटिल प्रकारका बिरामीहरु फेला नपरेको भएता पनि १ जना महिला बिरामीलाई सनिबार हेली चार्टर गरेर राजधानीमा उपचारको लागि पठाईएको जानकारी दिए ।
टोलीले बारपाक सुलिकोटा गाउँपालिका १ र २ बारपाक, मान्द्रे, राङरुङ र पोखरी क्षेत्रका बिरामीहरुको परिक्षण र औषधी उपचार गरेको थियो । टोलीले उत्त क्षेत्रमा निशुल्क औषधी समेत वितरण गरेको थियो ।
टोलीमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट ३÷३ जना डाक्टर, नर्स र ल्याब टेक्निसियन, स्वास्थ्य कार्यालय गोरखाबाट ल्याब टेक्निसियन निरिक्षकका साथै गोरखा अस्पतालबाट ल्याब टेक्निसियन र गाउँपालिकामा भएका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।




















