गोरखा – जिल्लाको २ स्थानिय तहमा सनिबार थप ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको आरुघाट र शहिद लखन गाउँपालिकामा गरी ५५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा ३३ जनामा र शहिद लखन गाउँपालिकामा २२ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा २१ पुरुष र १२ महिला रहेका छन् भने शहिद लखन गाउँपालिकामा ९ पुरुष र १३ जना महिला रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




















