गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ बारपाककी गम्भीर बिरामी पर्नुभएकी एक महिलाको सनिबार दिउसो हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
लगातार ४ दिनदेखि पखाला लागेर २४ बर्षिया बिरामीलाई मनाङ एयर मार्फत उद्धार गरिको हो ।
उनलाई थप उपचारका लागि काठमाण्डौंको मेडिसिटी अस्पतालमा पठाइएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
बारपाकमा कोरोना फैलिएको आंशकामा उपचारका लागि शुक्रबार त्यहाँ पुगेका प्रदेश तथा जिल्लाका स्वास्थ्यकर्मीहरुको टोलीले थप उपचारका लागि रिफर गर्नुपर्ने बताएपछि तत्कालै हेलिकप्टर मार्फत उद्धार गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।




















