साँकेतिक तस्बिर
गोरखा – गोरखाको हुलचुकमा पहिरोमा परी ३० वटा भेडा पुरिएको छ ।
धार्चे गाउँपालिका १ को हुलचुकमा चराउदै गरेको अवस्थामा ३० वटा भेडालाई पहिरोले बगाको हो ।
गाउँदेखि झण्डै ३ घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनएको वडाध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।
‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिरोले भेडा बगाएको जानकारी वडाध्यक्ष गुरुङ दिए । १२० बटा भेडामध्ये ३० वटा भेडा पहिरोले बगाएको हो ।
भेडा बगाएको जानकारी प्राप्त भए पछि गोठालाका आफ्न्तहरु खोजीका लागि खर्क तर्फ गएका छन् ।




















