काठमाण्डौ – ज्येष्ठ नागरिकले अब देखी सामाजिक सुरक्षा भत्ता वापतको मासिक ४ हजार रुपैया पाउने भएका छन् ।
सरकारले आज ल्याएको बजेट भाषण मार्फत चालु आर्थिक बर्षमा उपलब्ध गराईएको सामाजिक सुरक्षा भत्ताको ३३ प्रतिशतले बढाएर मासिक ४ हजार रुपैया पाउने ब्यवस्था गरेको हो ।
बजेट भाषणले ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिको छ ।
बजेट मार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठीत क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराईने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ ।
त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ ।
त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलगै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रमहरु पनि सरकारले अघि सारेको छ ।




















