गोरखा – जिल्लाको बुंकोट भन्ने स्थानमा गोठ माथि गएको पहिरो १५ घण्टा पछि पन्छाईएको छ ।
सहिद लखन गाउँपालिका ७ को बुड्कोट स्थित बोर्लाङी गाउँका धन बहादुर श्रेष्ठको गोठमा हिजो साँझ पख पहिरो जादा गोठमा भएका भैसी, पाडो, बाख्रा तथा बोका मृत्त फेला परेको हो । पहिरो आज जेसिबि मेशिनको सहायताले पन्छाईएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
अबिरल बर्षा पछि शुक्रबार राती करिब ८ः०० बजे घरमाथिबाट खसेको पहिरोले गोठ परिएको थियो । पहिरोले गोठमा रहेका २ वटा भैसी, एउटा पाडो, ३ वटा बाख्रा र एउटा बोका पुरिएको थियो ।
घटना लगत्तै स्थानियले उद्धारको प्रयास गरिएको भएपनि असफल भए पछि सनिबार बिहान मेशिनको सहायताले पहिरो पन्छाइएको हो ।
गोठमा पहिराले पुरिएका एक हल गोरु र भैसीको पाडो भने हिजो नै घाईते अबस्थामा छिमेकीको साहायतामा उद्धार गरिएको थियो ।
तस्बिर साैजन्य शरण श्रेष्ठ




















