दमौली – अबिरल बर्षा पछि गएको पहिरोमा परि १ जना बृद्धाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका १ को निर्मल नगरको छाब्दी खोलाका ६३ बर्षिया सरस्वती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँु दमौलीले पुष्टी गरेको हो र
दोभानमा घर पछाडीबाट खसेको पहिराले घर भत्किदा पुरीएकी घर्तीको उपचार गर्न लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले नजाएको छ ।
पहिरोले घर पूर्ण रुपमा क्षति भएपनि परिवारका अन्य सदस्य भने बाँच्न सफल भएको छ प्रहरीले जानकारी दिएको छ ।




















