गोरखा – केही साता देखी गोरखाको बारपाकमा फैलिएको माहामारी बिच शुक्रबार स्वास्थ्यकर्मीहरुको टोलीले ७२२ जनाको एन्टिजेन परिक्षण गराउन सफल भएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका १ र २ बारपाकमा शुक्रबार गरिएको ७२२ जनाको एन्टिजेन परीक्षण गराउदा ५८ जनामा कोरोना संक्रणम देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका जन स्वास्थ्य निरिक्षक नानीबावु दानीले बताए ।
कोरोना संक्रमण फैलिएको आंशकामा गण्डकी प्रदेश, स्वास्थ्य कार्यालय गोरखा, गोरखा अस्पताल र गाउँपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले उनिहरुको एन्टिजेन परीक्षण गराएका थिए । स्वास्थ्यकर्मीहरुको टोलीले हिजो एन्टिजेन मात्र परिक्षण गराएको भएता पनि आज भने नमूना परिक्षणका लागि पिसिआरको नमूना पनि संकलन गरिने निरिक्षक दानीले जानकारी दिए ।
बारपाकमा केही साता देखी कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका धेरै बिरामी छन् । उनीहरुमा रुघा तथा खोकी लाग्ने, टाउको दुख्ने, जरो आउने, खान मन नलाग्ने जस्ता लक्षण देखिएको छ । साथै २ सातामा सोही क्षेत्रका कोरोना संक्रमण देखिएका र परिक्षण नै नभएका गरी १५ जना भन्दा बढीको मृत्यु भई सकेको छ ।
अहिले बारपाकमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट आएका ३ जना डाक्टर, ३ जना नर्स र ३ जना ल्याब टेक्निसियनका साथै स्वास्थ्य कार्यालय गोरखाबाट ल्याब टेक्निसियन निरिक्षक र गोरखा अस्पतालबाट १ जना डाक्टर र १ जना ल्याब टेक्निसियनहरुले बिरामीको परिक्षण गरिरहेको स्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन निरिक्षक अर्यालले बताए ।
्
आज पनि र भोली पनि बारपाकमा एन्टिजेनबाट परिक्षणको काम गरिने छ । साविक बारपाक तथा हाल बारपाक सुलिकोट गाउँपालिका १ र २ वडा रहेको उत्त स्थानमा ११ सय भन्दाबढी घर धुरीको बसोबास रहेको छ ।




















