काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ६ हजार ९५१ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा १९ हजार ३१३ र ७९७ एन्टिजेन परिक्षणका क्रममा थप ६ हजार ९५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या ५ लाख ४९ हजार १११ जना पुगेको छ । त्यस्तै गरी हाल सम्म ४ लाख २८ हजार ६७० जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको छ ।
आज सम्म देश भर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ जना रहेको मन्त्रालयले जनाएको छ ।




















