गोरखा – गोरखा नगरपालिकाको कोखेआहालेमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा १० जनामा पोजेटिभ देखिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले आज (शुक्रबार) कोखेआहालेमा ५० जनामा गरिएको एन्टिजेन १० जनामा पोजेटिभ देखिएको हो ।
शाखाका जन स्वास्थ्य अधिकृत निश्चल अर्यालका अनुसार ५० जनामा गरिएको परिक्षणका क्रममा ५ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
परिक्षका क्रममा २१ बर्षिया महिला देखी ८१ बर्षका बृद्व सम्मलाई संक्रमण देखिएको शाखाले जनाएको छ ।




















