काठमाण्डौँ – बेलायतले नेपाललाई पठाएको २६० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल आई पुगेको छ ।
कोरोना भाइरसविरुद्धको लड्न सहज होस भन्नका लागि शुक्रबार सहयोग बोकेको विमान त्रिभूवन विमानस्थलमा अवतरण गरेको छ।
बेलायतले २६० थान भेन्टिलेटर, १९ हजार २०० थान आई प्रोटेक्टर र नेपाल मेडयुकेले पठाएको कन्सन्ट्रेटर बोकेको जहाज चाटर्ड विमान राजधानीको त्रिभुवन विमान स्थलमा अवतरण गरेको हो।
उत्त सामाग्री नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्तान्तरण गरिन् । उनले बेलायतको तर्फबाट सहयोग जारी राख्ने बताएकी छन् ।
Just received 🇬🇧 essential medical supplies to help #Nepal in the covid crisis. @tariqahmadbt @FCDOGovUK @DominicRaab @UKinNepal pic.twitter.com/xOLyQqz64n
— NicolaPollitt (@NicolaPollittUK) May 28, 2021




















