गोरखा – माहामारी फैलिएको गोरखाको बारपाकमा एकै पटक ३ स्थानबाट स्वास्थ्यकर्मीहरुले सेवा सुरु गरेको छ ।
प्रदेश र जिल्लाबाट बारपाक पुगेको १२ जना स्वास्थ्यकर्मीहरुको टोलीले बारपाकको बसपाक, लाकुरीबोट र भूकम्प स्तब्भ नजिकै रहेको भवनबाट चेक जाँच सुरु गरेको बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गौमत भण्डारीले बताए । ‘स्वास्थ्यकर्मीहरुको टोलीले बसपार्क संगै रहेको हिमालय मावि, कोटकाली नजिकको लाकुरीबोट भन्ने स्थान र पुरानो बारपाक स्वास्थ्य चौकीको भवनबाट सेवा सुरु गरेको’ भण्डारीले बताए ।
हिमालय मावि, कोटकाली नजिकको लाकुरीबोट भन्ने स्थान र पुरानो बारपाक स्वास्थ्य चौकीको भवनमा अहिले ठुलो संख्यामा बारपाकबासी पिसिआर र एन्टिजेन परिक्षणका लागि लाम लागेका छन् ।
केही साता देखी कोरोना भाइरस संग मिल्दोजुल्दो लक्षणले बारपाकका अधिकाशं मानिस बिरामी परेका छन् ।
उनीहरुमा रुघा, खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, खान मन नलाग्ने जस्ता समस्या देखिएको बारपाककी मनोज घलेले बताईन् ।
बारपाकमा ११ सय भन्दा बढी घरधुरी रहेको छ । सबै घर धुरीमा अधिकाशं विरामी परेका छन् ।
कोरोना प्रमाणीत भएका ५ जना र कोरोना परिक्षण नै नभएका गरी २ सातामा १५ जनाको ज्यान गए संगै आज देखी बृहत्त रुपमा स्वास्थ्य जाँच गराउन लागिएको हो ।
तस्बिर साैजन्य : गाैतम भण्डारी प्रप्रअ बारपाक सुलिकाेट गाउँपालिका



























