गोरखा – डिसिसिएमसीको आजको बैठकले गोरखा जिल्लामा जारी निषेधाज्ञा थप १० दिनका लागि थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासनमा भएको बैठकले आगामी २५ गते राती १२ः०० बजे निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यस अघि केन्द्रले भोली अर्थात जेष्ठ १५ गते सनिबार राती १२ः०० बजे सम्मको लागि तोकेकोमा बैठकले सोही प्रकृतीको निषेधाज्ञा १० दिनका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
आजको बैठकले भने अघिल्लो पटकको निर्णय उल्टाउदै निर्माण सामग्री ढुवानी दिउँसोको समयमा पनि ढुवानी गर्न पाउने ब्यवस्था गरेको छ । तर ति सवारीमा चालक र सहचालक मात्र सवार हुन पाउने ब्यवस्था गरेको छ ।
बैंक, बित्तिय संस्था र ब्यापार ब्यवसायको हकमा भने यस अघिको निर्णय नै कायम राखिएको छ ।






















