गोरखा – माहामारी फैलिएको गोरखाको बारपाकमा स्वास्थ्यकर्मीहरुको टोली पुगेको छ । प्रदेश र जिल्लाबाट गएको दर्जन भन्दा बढी स्वास्थ्यकर्मीहरुको टोली बारपाक पुगेको हो ।
टोलीले त्यहाँ रहेको हिमालय माविमा स्वाब र एन्टिजेनको काम थाल्ने तयारी गरिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका जन स्वास्थ्य अधिकृत नानीबावु दानीले जानकारी गराए । दानीका अनुसार ठुलो संख्यामा बारपाक बासील अहिले लाईन लागेर परिक्षणको तयारीमा बसीरहेका छन् ।
लगातार बर्षा भएको भएता पनि बर्षाको पर्वाह नगरी सर्व साधारण छाता र अन्य ओड्ने बस्तु लिएर लाइनमा बसेको जनता समाजबादी पार्टी गोरखाका जिल्ला सचिव विपिनचन्द्र ढकालले जानकारी दिए ।
यसै बिच जनता समाजबादी पार्टीले आजै उत्त स्थानमा स्वास्थ्य सामाग्री प्रदान गरेको जिल्ला अध्यक्ष नारायण खत्रीले बताए । पार्टीको एउटा टोली स्वास्थ्य सामाग्री लिएर शुक्रबार बिहानै बारपाक पुगेको थियो ।
जसपा गोरखाले बारपाक बासीको लागि मास्क १० हजार थान, स्यानिटाईज, साबुन र आश्यवक औषधी, भिटामिन सि र डी, खोकीका औषधी र अन्य आवश्यक औषधीहरु प्रदान गरेको छ । टोलीमा केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल पनि सहभागी छन् ।






















