गोरखा – गोरखा अस्पताललाई फ्रान्सको एक संस्था मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । उत्त सामाग्री आज एक कार्यक्रम बिच संस्थाका आमन्त्रीत सदस्य बद्री मास्केले शुक्रबार गोरखा अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
फ्रान्सको एएफपिन नामक संस्थाले उपलब्ध गराएको करिब २ लाख बरावरको स्वास्थ्य सामाग्री मास्केले मेडिकल सुपेरिटेन्डेण्ट डा.शान्ति भूर्तेललाई , गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकाललाई हस्तान्तरण गरेका हुन् ।
पारामेडिकल फरमेशन इन नेपाल मार्फत प्राप्त उत्त सामाग्री एएफपिनका आमन्त्रित सदस्य समेत रहेका मास्केले गोरखा अस्पतालमा कोरोना संक्रमितको उपचारमा सहजता होस भन्ने उद्वेश्यका साथ गाउन, बेड साइड लकर १२ थान, १६ ली.को स्प्रे २ थान, सु कभर ५०० थान, फेस शिल्ड र फेस शिल्ड स्क्राप २००/२०० थान उपलब्ध गराएको बताए । सहयोग सामाग्री १ लाख ९० हजार ४३८ रुपैयाँ बरावरको भएको उनले जानकारी दिए ।
संस्थाले नेपालका दुर्गम क्षेत्रका युवायुवतीहरुलाई सिएमए र स्टाफ नर्स अध्ययनका लागि आर्थिक सहयोग गर्दै आएको सदस्य मास्केले बताए ।





















