गोरखा – गोरखा अस्पतालमा कोरोनाका बिरामीलाई उपचार गर्नेगरी १३ वटा एचडियू (हाई डिपेन्डेन्सी यूनिट) वेड सञ्चालनमा आएको छ ।
लामो रस्साकस्सी पछि अस्पतालले ४ महिना ढिला गरी आधा भन्दा पनि कम संख्यामा एचडियूका वेडहरु सञ्चालनमा ल्याएको हो ।
प्रदेश सरकारले गोरखा अस्पताललाई आज भन्दा ४ महिना अगाडीनै सघन बिरामीको उपचारको लागि भनेर १ करोड १६ लाख रुपैयाँ खर्चेर २८ वटा एचडियू वेड उपलब्ध गराएको थियो । तर भवनको अभाव देखाउदै अस्पतालले उत्त सामाग्री गोदाममा थन्काएर राखे पछि विरोध आएको थियो ।
कोरोनाको दोस्रो लहर संगै वेड तयार गर्न चौतफी दवाव आए संगै अस्पतालले पहिलो चरण आज (शुक्रबार) देखी १३ वेड सञ्चालनमा ल्याउन लागेको हो ।
पुरानो भवन गोरखा भूकम्पले क्षति पुरयाएको र उत्त स्थानमा नयाँ भवन बन्दै गरेको कारण पनि अस्पताललाई भवन अभाव भए संगै वेडहरु सञ्चालनमा ल्याउन समस्या भएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । पछिल्लो समय अस्पतालकै क्यान्टीन तयार भए संगै सोही भवनमा एचडियू वेड राखेर आज देखी सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।
वेड जोडने प्राविधिक नआएका कारण पनि अस्पतालले उत्त वेड सञ्चालनमा ल्याउन सकेको थिएन । त्यस माथि उत्त वेड संगै अक्सिजन पनि जोडनु पर्ने भए पछि प्लान्ट सञ्चालन पछि मात्र वेड तयार गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
बिहिबार रातै भरी काम गरेर शुक्रबार बिहानै देखी उत्त वेडहरु सञ्चालनमा आएको हो । बाहिरबाट आएका प्राविधिक र अस्पतालक केही कर्मचारीहरुले वेडमा आवश्यक साईड लकरका साथै वेड सम्म पुग्ने अक्सिजन पाइपको काम रातभरीमा सकिएको अस्पतालले जनाएको छ ।
बाँकी वेडहरु भने भवनको पूर्ति संगै जोडिदै जाने अस्पतालले जनाएको छ । यो बाहेक पनि गोरखा अस्पतालले हिजो राती सम्म १७ वटा अस्थायी वेड राखेर कोरोनाका बिरामीहरुलाई उपचार गर्दै आएको सूचना अधिकारी ढकालले बताए ।




















