काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको २० हजार ४१४ पीसीआर र ५७८ एन्टिजेन परीक्षण गर्दा थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट १०६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ।
हाल १ लाख १६ हजार ४७६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।




















