गोरखा – माहामारी फैलिएको गोरखाको बारपाकमा जाने स्वास्थ्यकर्मीहरुको टोली ३ दिन बसेर चेकजाँच गर्ने भएको छ ।
गण्डकी प्रदेश पोखरा र गोरखा जिल्लाबाट जाने ठुलो संख्याको स्वास्थ्यकर्मीहरुको टोली ३ दिन बसेर रोगको पहिचान गर्ने भएको हो ।
टोलीमा प्रदेशको तर्फबाट ३ जना डाक्टर, ३ जना नर्स र ३ जना ल्याब टेक्निसियन रहने प्रदेश निर्देशनालयका जन स्वास्थ्य निरिक्षक नानीबावु दानीले बताए । उनीहरुले बारपाकमा कम्तीमा ३ दिन सम्म बसेर त्यहाँका बासिन्दाका स्वाब संकलन तथा आवश्यक औषधी उपचार गर्ने छन् ।
जन स्वास्थ्य निरिक्षक दानीका अनुसार आवश्यक औषधी र परिक्षणका किटहरु लिएर स्वास्थ्यकर्मीहरुको टोली शुक्रबार बिहान १० बजे सम्ममा बारपाक पुगी सक्ने छन् । प्रदेश सहित जिल्लाको टोलीले पनि भोली देखि नै उत्त स्थानमा काम थाल्ने भएको छ ।
छुट्टै स्थानको ब्यवस्था भएको खण्डमा कोरोना पोजेटिभ देखिएका सबै बिरामी आइसोलेट गर्न सकिने र रिफर गनुपर्ने भएको गोरखा अस्पताल त्यहाँ पनि नभएको खण्डमा अन्य जिल्लामा रिफर गर्नेगरी स्वास्थ्य कर्मीहरुको टोली परिचालन भएको जन स्वास्थ्य निरिक्षक दानीले जानकारी दिए ।
सबैको सहयोगको खाचो छ : प्रजिअ पौडेल
त्यस्तै गरी आजै जिल्ला प्रशासन कार्याल गोरखामा बसेको डिसिएमसीको बैठकले पनि उत्त स्थानमा डा.सन्दिप श्रेष्ठ, ल्याव टेक्निसियन निरिक्षक नारायणबावु अर्याल र ल्याब टेक्निसियन चिजकुमार श्रेष्ठ सहितको टोलीलाई परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलले लामो प्रयास पछि मात्र प्रदेशबाट स्वास्थ्यकर्मीहरुको टोली बारपाक ल्याउन सफल भएको भन्दै बारपाक बासीलाई स्वास्थ्यकर्मीहरुको टोली सम्म पुरयाउन सबैले सहयोग गनुपर्ने बताए ।
यस अघि पनि हामीले प्रयास गरेका हौ तर सकेनौ, यस पटक पनि प्रयास गरेका छौ तर हाम्रो प्रयास मात्रले पुग्दैन । माहामारीको यो बेला सबै क्षेत्रका मानिसहरुको सहयोग आवश्यक भएको उनले बताए ।
स्थानिय राजनैतिक दलका प्रतिनिधि संग नियमीत सम्र्पकमा रहेको भन्दै सबै बारपाक बासीलाई स्वास्थ्य जाँच गराउने समेत प्रजिअ पौडेलले आग्रह गरे ।
आवश्यक औषधी र सामाग्री तयार गर्दै छौ : ल्या.टे.नि.अर्याल
यता सदमुकाम बाट बारपाक जाने टोलीले पनि आवश्यक औषधीको ब्यवस्थापन गरेको ल्याव टेक्निसियन निरिक्षक नारायणबावु अर्यालले बताए । अर्यालका अनुसार प्रदेश कार्यालयबाट ल्याइने औषधी र अन्य सामाग्रीको बिषयमा जानकारी लिई रहेको र डुब्लीकेशन नुहने गरी औषधी तथा अन्य सामाग्रीको ब्यवस्थापन भई रहेको छ । टोलीले पनि भोली बिहानै बारपाक पुग्ने गरी जाने तयारी गरिरहेको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९) संग मिल्दाजुल्दा लक्ष्यणले बारपाकका धेरै जसो मानिस अहिले बिरामी परेका छन् । कोरोना पुष्टी भएका र लक्ष्यण मिल्दाजुल्दा भएका १० जनाको साता दिनमा नै मृत्यु भए पछि बारपाक बासी त्रासमा बाँचिरहेका छन् ।
स्थिती नियन्त्रण बाहिर जान सक्ने : अध्यक्ष भट्ट
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले बारपाक क्षेत्रमा फैलिएको माहामारी नियन्त्रण बाहिर जानसक्ने भन्दै सबै संग सहयोगको अपिल गरेका छन् ।
अध्यक्ष भट्टले बारपाकमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता जताउदै स्थितलाई नियन्त्रणमा लिनका लागि सबैको सहयोगको अपिल गरेका हुन् ।
अध्यक्ष भट्टले आज एक बिज्ञप्ति जारी गर्दै पछिल्लो दुई हप्ताका बिचमा मात्रै एन्टिजेन परीषणका लागि ३ पटक प्रयास गरिएको भएता पनि परीक्षण गर्ने सम्भावित संक्रमितको सख्या अपेक्षाकृत स्तरमा बढ्न नसकेको भन्दै बिज्ञप्तिमा संक्रमितकोहरुको परीक्षण एवं पहिचान गरि संक्रमितहरुलई अलग पार्न पर्नेमा परीक्षणका लागि नै नागरिकहरु तयार नहुदा संक्रमण भित्रभित्रै बढ्न गई थप जोखिमको अबस्था सिर्जना भएको उल्लेख गरेका छन् ।
उनले संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दल, संघसंस्था, आमा समुह लगायतलाई कोरोना परीक्षणका लागि उपयुक्त बातावरण र्सिजना गरिदिन समेत अपिल गरेका छन् ।
त्यस्तै सम्भावित संक्रमणको रोकथामका लागि आबश्यक सहयोग र समन्वय गरिदिन संघीय सरकार, प्रदेश सरकार, सम्पूर्ण जनप्रतिनिधीहरुलाई अध्यक्ष भट्टले आग्रह गरेका छन् ।























