गोरखा – विभिन्न सञ्चार माध्यममा गोरखा बारपाक बासीको स्वास्थ्य अवस्थाको बारेका समाचार प्रकाशित भए पछि स्वास्थ्यकर्मीहरुको टोली बारपाक जाने भएका छन् ।
गण्डकी प्रदेश सरकार र जिल्ला अस्पताल सहितको टोली शुक्रबार बारपाक जाने भएका हुन् ।
बारपाक जाने स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमण देखिएका सबैलाई जाँच गर्ने भएको छ । ११ सय घर घुरी भन्दा धेरै रहेको उत्त गाउँमा स्वास्थ्य समस्या जटिल बन्दै गएको सञ्चार माध्यममा आउन थाले पछि प्रदेश सरकारे चासो देखाएको हो ।
टोलीले स्वास्थ्य सामग्री का साथै संक्रमण जाँचका लागि ऐन्टिजेन किट सहित स्वास्थ्यकर्मीको जम्बो टोली बारपाक जाने तयारी गरिरहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला स्थित प्रशासन कार्यालय गोरखामा पनि आज यसै बिषयमा केन्द्रित रहेर स्वास्थ्यको टोली संग बैठक भई रहेको कार्यालयले जनाएको छ ।




















