गोरखा – गोरखाको बारपाकमा गाउँका अधिकाशं मानिस बिरामी परेका छन् । बिरामी सबैमा कोरोना संक्रमण संग मिल्दो जुल्दो लक्ष्यण देखिएको हो ।
बारपाक सुलिकोट गाउँपालिका २ को बारपाक गाउँमा अहिले घरका ९० प्रतिशत मानिसमा रुघा तथा खोकी लाग्ने, टाउको दुख्ने तथा जरो आउने, खान मन नलाग्ने तथा श्वास फेर्न असजिलो हुने लक्ष्यण देखिएको स्थानिय मनोज घलेले गोरखा समाचार डटकमलाई जानकारी दिईन ।
यस्तै लक्ष्यण संग मिल्दो जुल्दो भएका १० जना मानिसको १ साता भित्रै मृत्यु समेत भएको छ । बुधबार राती मात्रै पनि ३ जनाको मृत्यु भएको छ ।
बुधबार मृत्यु हुनेमा मनिडाडाँका ८० बर्षिय बृद्व र सोही क्षेत्र आसपासका ६५ र ८० बर्षका पुरुषको मृत्यु भएको हो । मृत्तक सबैमा रुघा तथा खोकी लाग्ने, टाउको दुख्ने तथा जरो आउने, खान मन नलाग्ने तथा श्वास फेर्न असजिलो हुने लक्ष्यण देखिएको स्थानिय रोशनी घलेले बताए ।
बाक्लो बस्ती र उच्च हिमाली क्षेत्रमा भएका कारण पनि रोग तिब्र रुपमा फैलिएको अनुमान स्वास्थ्यकर्मीहरुले गरेका छन् । माहामारीको बेला पहिलो पटक माहामारी नै हो वा होइन भनेर जाँच्नु पर्ने र होइन भने मात्र अरु कुरा ध्यान दिनुपर्ने हुन्छ भन्छन् गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकाल ।
जनचेतनाको कमीका कारण गाउँमा रोग फैलियो : स्वास्थ्य शाखा प्रमुख भट्ट
बारपाकमा गाउँमा जनचेतनाको कमीकै कारण गाउँमा माहामारी फैलिएको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृण्ण भट्टले बताए । ‘बाक्लो बस्ती त्यसमा पनि कुनै पनि मानिसले मास्क लगाउदैनन् । त्यसो भए पछि रोग फैलिक के बेर’ भट्टले भने ।
भट्ट संग हामीले किन गाउँपालिकाले माहामारी फैलिदा पनि चासो नराखेको त ? भन्ने प्रश्न राखेका थियौ । जवाफमा उनले गाउँमा परिक्षणकै लागि भनेर ३ पटक सम्म पुगेको तर कुनै पनि गाउँले स्वाब दिन नमान्ने उनको अनुभव छ ।
भट्टका अनुसार हिजो राती सम्म १० जनाको मृत्यु हुने प्रमाणीत भएका ३ जनाको मात्र मृत्यु भएको अरुको स्वाब नै संकलन नभएको जानकारी दिए । ३ जना मध्ये पनि १ जनाको घरमा र २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
बारपाक गाउँ नजिकै रहेको दुम्सीकाको अनुभव सुनाउदै भट्टले भने, कोरोना प्रमाणीत भएको ब्यत्तिको मृत्यु संगै कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको स्वाब संकलन गर्न पुगेको टोली रित्तै हात फर्कनु परेको थियो । गाउँमा स्वास्थ्यकर्मीको टोलि आएको थाहा पाउना साथ घर बन्द गरेर गाई बस्तु लिएर जंगल गएका थिए ।
गाउँलेलाई सम्झाउन नेपाली काँग्रेसका जिल्ला सभापति हरी घले देखी गाउँपालिका अध्यक्ष विण्णु भट्ट तथा जनप्रतिनिधीले कोशिस गर्दा पनि केही नलागेको उनको अनुभव छ । भाषाको समेत समस्या रहेको उत्त गाउँलेलाई संक्रमण भएको खण्डमा उपचारको लागि अन्तै लाने र घर फर्कन नपाउने डरका कारण पनि परिक्षण गर्न नमानेको हुन सक्ने अनुमान गाउँपालिकाले गरेको छ ।
स्वास्थ्य शाखाको रकर्ड अनुसार बारपाकमा मात्रै ८८ जनामा एन्टिजेन परिक्षण गर्दा ४४ जनामा एक्टिभ देखिएको थियो भने २५ जनाको पिसिआरमा १९ जना पोजेटिभ देखिएको छ ।
पालिकाले हाल सम्म १२७ जना पिसिआर र २६८ जनाको एन्टिजेन गरिसकेको छ । जस मध्ये १९९ जनामा संक्रमण देखिएको थियो ।





















