बाँके – बाँकेको कोहलपुरमा बुवाले हसियाँ प्रहार गर्दा छोराको निधन भएको छ ।
कोहलपुर नगरपालिका १२ चप्परगौडीमा आफ्नै बुवाले हसियाँ प्रहार गर्दा २० वर्षिय पोषण ओलीको मृत्यु भएको हो ।
बुधबार राती करिब ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले छोराको गर्धनमा हसियाँ प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पारिवारीक कलहका कारण घटना घटेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
हसिया प्रहारबाट गम्भीर घाईते भएका ओलीलाई उपचारकालागि भेरी अस्पताल नेपालगञ्ज पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको अनुसन्धान थालेको छ ।




















