काठमाण्डाैं – चीनले नेपाललाई १० लाख डोज भेरोसेल खोप दिने भएको छ ।
आज चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा उत्पादीत भेरोसेल खोप नेपाललाई १० लाख डोज दिने घोषणा गरेका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन बार्तामा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप दिने घोषणा गरेको जानकारी दिएकी हुन्।
अघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।


