दाङ – दाङमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको सवारी दुर्घटनामा परेको छ ।
अध्यक्ष पोखरेलसहित पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीसहितको टोली चढेको गाडी दुर्घटनामा परेको हो ।
बुधवार दिउँसो दाङ तुल्सीपुर जेसिज चोक नजिक उनीहरु चढेको गाडीलाई सोही दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो ।




















