गोरखा – गोरखाको बुंकोटमा जन स्तरको सहयोगमा १० वेडको आइसोलेशन निर्माण सम्पन्न भएको छ ।
शहिद लखन गाउँपालिका ७ को बुंकोट स्वास्थ्य चौकीमा जन स्तरको सहयोगबाट १० वेडको आइसोलेशन निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाको वडा नम्बर ७ को समन्वयमा वडा भित्रका युवाहरुको सक्रियतामा गठित सहयोग समितिले १५ लाख ३५ हजार ४९६ रुपैयाँ संकलन गरेर आइसोलेशन निर्माण गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल सम्म भए गरेका खर्चको बारेमा भने भोली बिहिबार सार्वजनिक गरिने छ ।
स्वास्थ्य चौकीमा निर्माण भएको आइसोलेशनका लागि वडा भित्र बसोबास गर्ने, सोही वडामा जन्मिएर बिदेशमा रोजगारीका लागि गएका तथा कामका शिलसिलामा राजधानीमा बसोबास गर्नेहरुले उत्त रकम सहयोग गरेको समितिले जनाएको छ ।
आइसोलेशनमा अक्सिजन सिलिण्डर सहितको ब्यवस्था मिलाईएको छ । आइसोलेनका लागि आवश्यक स्वास्थ्यकर्मीको लागि सम्बन्धीत सरोकारवाला निकायमा हार गुहार गरिएको र अन्य स्वास्थ्यकर्मीहरु संग पनि समन्वय भई रहेको वडाध्यक्ष श्रेष्ठले जनाकारी दिए ।
तस्बिर शरण श्रेष्ठ




















