गोरखा – गोरखा नगरपालिकाको विभिन्न वडामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नगरपालिकाको ७ वटा वडामा थप २५ जनामा कोरोना संक्रमण देखिएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएकाहरुमा जेष्ठ २ गते र ५ गते स्वाब लिएकाहरु रहेको शाखाले जानकारी दिएको छ । शाखाका जन स्वास्थ्य अधिकृत निश्चल अर्यालका अनुसार आज संक्रमण देखिएका मध्ये सदरमुकामको अर्थात गोरखा नगरपालिका ६ मा १० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी वडा नम्बर ३ मा ४ जना, ५, ८ र ११ मा २÷२ जना, १२ मा १ जना र ९ मा ३ जनामा कोरोना संक्रमण देखिएको छ । यसका साथै शहिद लखन गाउँपालिका घर भई गोरखा सदरमुकाम बस्दै आएका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
स्वास्थ्य शाखाले उपलब्ध गराएको रकर्ड अनुसार २ गते पठाएको स्वाब मध्ये १७ जना र ५ गतेको स्वाबमा ८ जनामा संक्रमण देखिएको हो ।
अब भने गोरखा नगरपालिकाले पठाएको स्वाब मध्ये ७ जनाको मात्र रिर्पोट आउन बाँकी रहेकोका अधिकृत अर्यालले बताए ।
कोरोनाको दोस्रो लहरमा आजको २५ जना सहित गोरखा नगरपालिका क्षेत्र भित्र कुल ३२७ जना संक्रमित भएका छन् ।




















