गोरखा – गोरखा नगरपालिका क्षेत्र भित्र मंगलबार थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिकाको विभिन्न वडामा बसोवास गर्ने ५० जनामा कोरोना संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
गोरखा नगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै गएको जेष्ठ २, ४ र ५ संकलन गरेको स्वाबको रिर्पोट प्राप्त भएको जनाएको छ ।
विज्ञप्ती अनुसार २ गते संकलन गरिएका मध्ये वडा नम्बर ६ मा ३ महिला र २ पुरुष र ९ मा २ जना पुरुष संक्रमित भएका छन् ।
जेष्ठ ४ गते संकलित स्वाब मध्ये वडा नम्बर १ मा २ जना महिला र ३ जना पुरुष, २ मा ६ जना महिला र ७ जना पुरुष र ४ मा ५ जना महिला र ६ जना पुरुष संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै गरी ५ गते संकलित स्वाब मध्ये वडा नम्बर ३ मा ४ जना महिला, ६ मा १ महिला र २ पुरुष, ८ मा २/२ जना महिला र पुरुष ९ मा १ जना पुरुष र शहिद लखन गाउँपालिका ७ घर भई गोरखा बजार बस्दै आएका १/१ जना महिला पुरुषमा संक्रमण देखिएको छ ।
संकलित स्वाब मध्ये पनि अझै ३९ जनामा रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य शाखाका प्रमुख ईश्वर रेग्मीले बताए ।
दोस्रो लहर पछि गोरखा नगरापालिका भित्रका ८६८ जनाको स्वाब संकलन भएको र त्यस मध्ये ३०२ जनामा संक्रमण देखिई सकेको छ ।





















