काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ पिसिआर टेष्ट र ६३० जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ८ हजार ६३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
कुल संक्रमित मध्ये आज सम्म ४ लाख ४ हजार ८८७ जनाले कोरोना जित्न सफल भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २४ घण्टामा कोरोनाले १६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
अहिले सक्रिय संक्रमितको मात्र संख्या १ लाख १७ हजार २६१ पुगेको मन्त्रालयले जनाएको छ ।



