साँकेतिक तस्बिर
गोरखा – गोरखाको भिमसेन थापा गाउँपालिकामा होम आइसोलेशनमा सबेका एक बृद्वको मृत्यु भएको छ ।
जिल्लाको भिमसेन थापा गाउँपालिका २ तान्द्राङका ८६ बर्षिय बृद्वको सोमबार मृत्यु भएको हो ।
केही दिन अगाडी एन्टिजेनमा एक्टिभ देखिएका बृद्वको हिजो मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।
मृत्तक ब्यत्तिको सुरक्षा मापदण्ड अपनाएर परिवारले नै अन्त्यष्टी गरेको गाउँपालिकाले जनाएको छ ।




















