गोरखा – गोरखा सदरमुकाममा आज राष्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
जनता समाजबादी पार्टीको बिद्यार्थी संगठन समाजबादी बिद्यार्थी यूनियनको नेतृत्वमा सदरमुकामको लोकतान्त्रिक चोकमा पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिनिधि सभा विघटन बिरुद्व निकालीएको पुत्ला दहन कार्यक्रम बिद्यार्थी नेता मिलन न्यौपानेको नेतृत्वमा भएको थियो । सदरमुकाममा रहेको जसपाको कार्यालयबाट निक्लेको टोलीले चोकमा पुत्ला दहन गरेको जसपाको कार्यालयले जनाएको छ ।
५÷७ जनाको समुहमा आएका उनीले राष्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मुर्दाबार, असंवैधानिक कमद खारेज गर, केपी तेरो पाराले दुःख पाए साराले भन्ने जस्ता नारा समेत लगाएका थिए ।
पुत्ला दहन लगत्तै चोकमा रहेका प्रहरीले हस्तक्षेप गरी निभाउने प्रयास गरेका थिए । प्रहरीको थप मद्वत आए लगत्तै बिद्यार्थीहरु तिरबितर भएका थिए ।




















