आँबुखैरेनी – तनहुँको आँबुखैरेनीमा रोकि राखको मिनि ट्रकलाइ ट्रकले ठक्कर दिदाँ गोरखाका २ जना घाईते भएका छन् ।
मंगलबार दिउसो १२ः२० बजेको समयमा आँबुखैरेनी गाउँपालिका ४ को ऐनापहरामा बिग्रीएर रोकिराखेको बां ३ ख ६१९७ नम्बरको मिनि ट्रकलाई खैरेनी बजारबाट मुग्लीन तर्फ जादै गरेको ग.१ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिदाँ गोरखाका दिपक बोहरा र बरुण केसी घाईते भएका हुन् ।
आँबुखैरेनी प्रहरी चौकीले दिएको जानकारी अनुसार खैरेनी बजारबाट मुग्लीन तर्फ जादै गरेको ट्रकले रोकिराखेको मिनि ट्रकलाई ठक्कर दिदाँ मिनि ट्रकका चालक गोरखा जिल्ला गोरखा नगरपालिका ५ बस्ने बर्ष ३५ का दिपक बोहरा र मिनि ट्रकमा सवार गोरखा नगरपालिका ९ लक्ष्मी बजारका बरुण केसी घाईते भएका थिए ।
ट्रकको ठक्करबाट चालक सामान्य घाईते भएका भए पनि अर्का ब्यत्ति बरुण केसी भने गंभिर घाईते भएका कारण उपचारको लागि भरतपुर लगिएको आँबुखैरेनी प्रहरीले जनाएको छ ।




















