गोरखा – सांसद हरिराज अधिकारी स्वास्थ्य सामाग्री लिएर आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन् ।
नेकपा माओबादी केन्द्रका स्थायी कमिटीका सदस्य समेत रहेका अधिकारी जिल्लमा कोरोना संक्रमणको स्थिती भयावह बन्दै गएको भन्दै आज देखी निर्वाचन क्षेत्रमा खटिएका हुन् ।
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित अधिकारीले औषधी सहितको स्वास्थ्य सामाग्री लिएर निर्वाचन क्षेत्र खटिएको नेकपा माओवादीले जनाएको छ । साँसद अधिकारी पहिलो चरणमा आरुघाट, भिमसेन थापा, सहिद लखन र गण्डकी गाउँपालिकामा जाने कार्यक्रम तय भएको छ ।
अधिकारीले पालिका प्रमुख, उप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख तथा वडाध्यक्षहरु संग भेटघाट गर्ने र समस्याको बिषयमा छलफल गर्ने कार्यक्रम पनि रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।
यसअघि नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्लाको विभिन्न क्षेत्रमा चित्किसक, औषधी सहितको स्वास्थ्यकर्मीको टोली लिएर एन्जिेटन गराउने र स्वास्थ्य सामाग्री बितरण गरि सकेका छन् ।




















