गोरखा – गोरखाकोे भिरसिंङमा माटोको ढिस्कोले पुरिदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका १ को भीरसिंङमा घरको कम्पाउण्ड निर्माण गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिदा स्थानिय ३५ बर्षका भीमबहादुर गुरुङ र ४८ बर्षका काले गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
ढिस्कोले पुरिएका दुवैलाई तत्कालै उद्वार गरी नजिकै रहेको जौबारी स्वास्थ्य चौकीमा उपचारको लगिएको थियो । दुवैको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
घटना लगत्तै स्थानिय र प्रहरीले उद्वार गरि स्वास्थ्य चौकीमा उपचार भई रहदा साँझ उनीहरुको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला समन्यव समिति गोरखाका प्रमुख असोककुमार गुरुङ घरको कम्पाउण्डको लागि जग खन्ने क्रममा गुरुङ्ग द्वयलाई माटोको ढिस्कोले पुरेको थियो ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।




















