गोरखा – गोरखा नगरपालिका २ का बिरामीलाई निःशुल्क रुपमा ओसार पसार गर्न स्थानिय एक ब्यत्तिले निजी सवारी साधन उपलब्ध गराएको छ ।
कोरोना संक्रमणका कारण सार्वजानिक यातायात सञ्चालन नभएको र सर्व साधारणलाई स्वास्थ्य संस्था सम्म आउजाउ गर्न समस्या भएको भन्दै न्याजुदिन मियाँले ग.३ च २८६ नम्बरको इसुजु कार उपलब्ध गराएको हो ।
गोरखा नगरपालिका २ को वडा कार्यालयलाई मियाँले आज एक कार्यक्रम बिच उत्त सवारी साधन उपलब्ध गराएको वडाध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए । वडाध्यक्ष मियाँका अनुसार न्याजुदिनले निषेधाज्ञा अवधीभर बिरामीहरुलाई स्वास्थ्य उपचारमा घर देखी सदरमुकाम सम्मको स्वास्थ्य संस्थामा आउजाउ गर्न उत्त सवारी उपलब्ध गराएको हो ।
वडा कार्यालयले आजै एक विज्ञप्ती प्रकाशित गर्दै उत्त सवारी साधान प्रयोग गर्न चाहने बिरामीहरुले वडा समिति वा स्वास्थ्य समितिमा सम्र्पक राख्न समेत भनेको छ ।
बिरामीहरुले मोबाईल नम्बर ९८५६०४०३३३, ९८०१३४०३३३, ९८४६३११७०३, ९८४५५४३६०४, ९८४६२५१७१६ वा ९८४६३७७३५७ मा सम्र्पक राख्न समेत अनुरोध गरेको छ ।





















