काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा आज थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ पिसिआर र ६०७ जनाको एन्टिजेन परिक्षण गर्दा थप ७ हजार ४२५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पुष्टी गरेको हो । यो सहित नेपालमा कोरोना संक्रमितहरुको कुल संखया ५ लाख २० हजार ४६१ जना पुगको छ ।
संक्रमण देखिएका मध्ये हाल सम्म ३ लाख ९८ हजार ४८३ जनाले भने कोरोना जित्न सफल भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबा थप १८५ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा संक्रमणका कारण ६ हजार ५३१ जनाको मृत्यु भई सकेको छ ।
मन्त्रालयका अनुसार आज सम्म १ लाख १५ हजार ४४७ जना कोरोनाका सक्रिय संक्रमित देशभरी रहेका छन् ।





















