गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)गोरखाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्यादेवी भण्डारीको मिलोमतोमा प्रतिनिधि सभा विघटन गरेकोमा आक्रोश पोख्दै दुवैले नेपालको संविधान माथि बलात्कार गरेको आरोप लगाएको छ ।
माओवादी केन्द्र गोरखाले एक बिज्ञप्ती जारी गर्दै विदेशी प्रतिक्रियाबादीहरुको इशारामा केपी शर्मा ओली र विद्यादेवी भण्डारीबाट भएको संविधान माथिको बलात्कार नेपाली जनतालाई सैह्य नहुने जनाएको हो ।
केन्द्रका गोरखा अध्यक्ष लेखबहादुर थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘१४९ जना साँसदको हस्ताक्षर राष्ट्रपती समक्ष बुझाउदा बुझाउदै पनि देशी विदेशी प्रतिक्रियावादीको इसारामा केपि शर्मा ओली र विद्या भण्डारीबाट भएको संविधान माथिको बालत्कार नेपाली जनतालाई सैह्य हुने बिषय होइन’ भनिएको छ । पार्टीले ०७७ पौष ५ गते संसद विघटनको निरन्तरताको परिघटना भएको भन्दै ‘पौष ५ को संसद बिघटनको निरन्तरताको परिघटना हो यो भन्े हाम्रो पार्टीको स्पष्ट ठहर छ’ भनिएको छ ।
पार्टीले बिज्ञप्ती मार्फत नै सबै कदमको प्रतिबाद र प्रतिरोधका लागि पार्टी पङती र आम जनसमुदायलाई अपिल गर्दै ‘हाम्रो पार्टी ओलि बिद्याको यस असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश प्रतिगामी र राष्ट्रघाती कदमको प्रतिवाद र प्रतिरोधको लागि पार्टी पङती र आम जनसमुदायमा हार्दिक अपिल गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।
सरकार यतिवेला कोरोना महामारी नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षा भन्दा पनि चुनाव भनेर रटान गर्नु हाँस्यस्पद भएको भन्दै ‘यतिवेला कोराना माहामारीले नेपाली जनताले दिनानु दिन ज्यान गुमाउनु परेको छ । जनताको स्वास्थ्य सुरक्षामा पटक्कै ध्यान नदिएर चुनावको रटान लागउनु हास्यस्पद मात्र होइन नेपाली जनता प्रति को वेइमानी र घात सिवाय अरु केही होइन’ भन्दै ‘संविधान रक्षाको लागि गोलवन्ध हुन आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछ’ भनिएको छ ।
जिल्लामा क्रियाशिल अधिकाशं पार्टीले विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा विघटनको चर्को आलोचना गरेको छ ।





















