काठमाण्डौं – बंगालको खाडीमा अत्यन्तै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि देखिने भएकोले मौषम बिद्ले आम नागरिकलाई सजग रहन आग्रह गरेका छन् ।
उत्त चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन् । भारतमा यासको असर धेरै नै पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन् ।
नेपालमा भने त्यसको असर मंगलबार देखी देखा पर्ने सम्भावना औंल्याउँदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै सजगता अपनाउन र बढी नै सर्तक रहन भनेको छ । महाशाखाका अनुसार आउदो बुधबारदेखि नेपालमा पनि भारी वर्षा सुरु हुने सम्भावना रेहेको जनाएको छ ।
माहाशाखाले मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न समेत आग्रह गरिसकेको छ ।




















