गोरखा – गोरखामा आइतबार ७ स्थानिय तहका ८९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिका, गण्डकी, आरुघाट, भिमसेन थापा, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा गरी ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयका कोरोना फोकल पर्सन नारायणबावु अर्यालका अनुसार गोरखा नगरपालिकामा १३ जना, गोरखा अस्पतालमा २ जना, पालुङटार नगरपालिकामा २४ जना र गण्डकी गाउँपालिकामा १८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी आरुघाट गाउँपालिकामा ९ जना, बारपाक सुलिकोट गाउँपालिकामा ११ जना अजिरकोट र भिमसेन थापा गाउँपालिकामा ६÷६ जनामा संक्रमण देखिएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा नगरपालिका र गोरखा अस्पतालमा एन्टिजेन मार्फत गरिएको परिक्षणमा ६ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको हो ।
पालुङटार नगरपालिका र अजिरकोटमा पिसिआर मार्फत गरिएको परिक्षणमा ३० जनामा संक्रमण देखिएको छ । जस मध्ये पालुङटारमा १० महिला र १४ पुरुष तथा अजिरकोटमा ३÷३ जना महिला पुरुषमा संक्रमण देखिएको हो ।
उता गण्डकी, आरुघाट, भिमसेन थापा र पारपाक सुलिकोटमा गरिएको एन्टिजेनमा ४४ जनामा संक्रमण देखिएको छ । जस मध्ये गण्डकी गाउँपालिकामा ९÷९ जना महिला पुरुष, आरुघाटमा ३ महिला र ६ पुरुषमा, बारपाक सुलिकोटमा ७ जना महिला र ४ जना पुरुष र भिमसेन थापा गाउँपालिकामा ३÷३ जना महिला पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमित मध्ये पिसिआर परिक्षणमा १३ महिला १७ पुरुष र एन्टिजेनमा २८ महिला र ३१ पुरुषमा संक्रमण देखिएको हो ।
कुल संक्रमित ८९ जना मध्ये ४१ जना महिला र ४८ जना पुरुषमा संक्रमण देखिएको हो । यो सहित जिल्लामा आइतबार सम्म ७६० जना संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।





















