गोरखा – गोरखाको शहिद लखन गाउँपालिकामा थप ५२ जना कोरोन संक्रमणको पुष्टी भएको छ ।
गाउँपालिकाका भित्रका ९३ जनाको स्वांब संकलन गरि पठाइएकोमा आइतबार ५२ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले पुष्टी गरेको हो ।
आइतबार शहिद लखन गाउँपालिका २ अन्तर्गत पर्ने मनकामना हेल्थपोष्टबाट संकलन गरिएका ३८ जनाको स्वाब मध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसमा १२ जना महिला र ११ जना पुरुषका छन् ।
a
त्यस्तै गरी ४ मा रहेको ताक्लुङ हेल्थपोष्टमा संकलन गरिएका मध्य १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । उता १ को बक्राङमा १९ जनामा कोरोना पुष्टी भएको छ ।
शहिद लखन गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १९४ पुगेको छ ।




















