गोरखा – जिल्लाको गाँखुमा बसोबास गर्ने युवाहरुको एक समूहले कोरोना संक्रमितहरुलाई लक्षित गर्दै स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
सिरानचोक गाउँपालिका ६ मा रहेको नयाँ साँधु नागरिक समाजले वडा भित्रका कोरोना संक्रमितहरुलाई लक्षित गर्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
सिरानचोक गाउँपालिका ६ घर भई बिभिन्न स्थानमा बसोबास गर्ने तथा विभिन्न पेश व्यवसायमा आबद्ध भएका युवाहरुले नयाँ साँघु स्वास्थ्य चौकीलाई ४ हजार थान मास्क र ५० लिटर स्यानिटाईजर उपलब्ध गराईएको अभियान्ता तथा सथानिय सुमन श्रेष्ठले जानकारी दिए ।
युवाहरु संकलन गरिएका स्वास्थ्य सामग्री स्वास्थ्य चौकी मार्फत संक्रमितलाई बितरण गरिने भएको छ । चौकीलाई उत्त सामाग्री हस्तान्तरण गर्दा वडाध्यक्ष नारायणबाबु दानीको समेत उपस्थिती रहेको थियो । स्वास्थ्य सामाग्रीमा अक्सिमिटर पनि रहेको वडाध्यक्ष दानीले बताए ।
गाँखुमा १८ जना सक्रिय संक्रमति रहेका छन् ।




















