काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टी भएको छ ।
देशै भरको विभिन्न प्रयोगशालमा १८ हजार ९६५ पिसिआर र ९६१ एन्टिजेन परिक्षण गर्दा थप ७ हजार ९१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पुष्टी गरेको हो ।
यो सहित नेपालमा संक्रमितहरुको संख्या ५ लाख १३ हजार २४१ जना पुगेको छ । यस मध्ये हाल सम्म ३ लाख ९१ हजार ३४८ जनाले कोरोना जितेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबा थप १९३ जनाको मृत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ जना पुगेको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा आज २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन् । जस मध्ये ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाण्डौंमा थपिएका हुन् ।
आज सम्म १ लाख १५ हजार ५४७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





















